थप एक कोरोना संक्रमितको मृत्यु, क्यान्सरका थिए बिरामीः स्वास्थ्य मन्त्रालय
२०७७ जेठ ३२ गते

फाइल तस्विर
काठमाडौं । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार साँझ आइसोलेसनमा रहेका गुल्मी धुर्कोट गाउँपालिका- ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।
प्रवक्ता गौतमका अनुसार ती संक्रमितको राति उपचारको क्रममा रेसुङ्गा नगरापलिका वडा नम्वर ९ स्थित आइसोलेसनमा मृत्यु भएको हो । क्यान्सरका बिरामी समेत रहेका उनी भारतबाट आएका थिए । संक्रमित शवको नेपाली सेनाको टोलीले राति नै व्यवस्थापन गरिसकेको छ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।
२०७७ जेठ ३२ गते
प्रतिक्रिया
सम्बन्धित








