थप एक कोरोना संक्रमितको मृत्यु, क्यान्सरका थिए बिरामीः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार साँझ आइसोलेसनमा रहेका गुल्मी धुर्कोट गाउँपालिका- ४ का ३६ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार ती संक्रमितको राति उपचारको क्रममा रेसुङ्गा नगरापलिका वडा नम्वर ९ स्थित आइसोलेसनमा मृत्यु भएको हो । क्यान्सरका बिरामी समेत रहेका  उनी भारतबाट आएका थिए । संक्रमित शवको नेपाली सेनाको टोलीले राति नै व्यवस्थापन गरिसकेको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =