कांग्रेस केन्द्रीय समिति बैठक आजः संविधान संशोधनबारे छलफल हुने
२०७७ जेठ १७ गते

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ। बैठकमा सरकारले संसदमा दर्ता गरेको संविधान संशोधनबारे छलफल हुनेछ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरी जारी अद्यावधिक नक्सा निशान छापमा राख्न सरकारले संविधान संशोधन गर्न लागेको हो। कांग्रेसले यसअघि नै उक्त अद्यावधिक नक्सा स्वागत गरेको थियो। कांग्रेसले संस्थागत रूपमा संविधान संशोधनको पक्षमा आफूलाई उभ्याउन केन्द्रीय कार्यसमिति बैठक राखेको हो।
२०७७ जेठ १७ गते
प्रतिक्रिया
सम्बन्धित








