कप्तान विराट कोहलीको शतकमा भारतको सानदार जित

डर्विन, माघ १९ । कप्तान विराट कोहलीले शतक प्रहार गरेपछि दक्षिण अफ्रिका विरुद्धको पहिलो एकदिवसीय खेलमा भारतले सानदार जित हात पारेको छ। बिहीबार डर्विनमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले दिएको २ सय ७० रनको लक्ष्य भारतले ४५.३ ओभरमा ४ विकेटको नोक्सानीमा पार गर्यो। भारतका लागि कप्तान विराट कोहलीले १ सय १२ रन जोडे। उनको यो एकदिवसीय खेलमा ३३ औं सतक हो। भारतका लागि अजिन्का राहाणेले ७९ रनको योगदान दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६९ रन जोड्यो। उसका लागि  फाप डु फ्लेसिसले १ सय २० रन जोडे। बलिङतर्फ भारतका कुलदिप यादवले ३ र युजभेन्द्र चहालले २ विकेट लिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 16 =