गोरखा डिपार्टमेण्टल स्टोरको खानामा साङला !

ईटहरी, माघ ११ । पूर्वाञ्चलकै चर्चित गोरखा डिपार्टमेण्टल स्टोरको किचनको खानामा साङ्ला भेटिएको छ । सो डिपार्टमेन्टल स्टोरको किचनमा ग्राहकले खाना खाने क्रममा खानामा साङ्ला भेटिएको हो ।

नेपाल सरकारको खाद्य अनुगमन तथा गुण नियन्त्रण विभागले शुद्ध खाना खुवाउने किचनको रुपमा हरियो स्टीकर उपलब्ध गराएको बताउने स्टोरले ग्राहकलाई उपलब्ध गराएको खानामा साङला भेटिएपछि गोरखा किचनको खाना शुद्ध नभएको स्पष्ट देखिएको छ भने हरियो स्टिकर लगाईदिने विभागको विश्वसनियतामा समेत प्रश्नचिन्ह लागेको छ ।

ती ग्राहकले यसअघि पनि गोरखाको खानामा किरा र साङला भेटेको तर माफी मागेका बताएका छन् । उनले बुधबार सो स्टोरमा भेटिएको साङला सहितको खानाको तस्विर, भिडियो उपलब्ध गराएका छन । पहिल्लो समय स्टोरको बिराटचौक शाखामा गत बर्षमात्र अखाद्य बस्तु भेटिएको र इटहरीको किचनमा पटक पटक अखाद्य खानाहरु भेटीने गरेको ग्राहकहरुको गुनासो रहेको छ ।

यसअघि पनि डिपार्टमेण्टले सञ्चालन गरेको गोर्खा ब्रेकरी उध्योगमा म्याद गुज्रिएका सामाग्रीहरु एवं गोरखा फेला परेको थियो । कहिले कुईएको पाउरोटी बिक्री त कहिले अखाद्य बस्तु बरामद र कहिले खानामा किरा भेटिनु जस्ता कृयाकलापले प्रतिष्ठित गोरखा डिपार्टमेन्ट प्रती जनबिश्वास घटदै गएको छ ।

उपभोक्ताहरूको स्वास्थ्यमाथी खेलवाड हुने कुनै किसिमको कार्य नगर्ने गोरखाका प्रवन्धक बलाराम आचार्यले प्रतिबद्धता जाहेर गरेपनि त्यसको कार्यानवयन भने फितलो देखिएको छ । डिपार्टमेण्टले हाल बिराटचौक, पथरी, दमक लगायतका स्थानमा डिर्पाटमेण्ट स्टोर सञ्चालन गरिरहेको छ भने धरानमा सञ्चालनको तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =