सुन जस्तो देखिने धातु सहित बम्जन पक्राउ
२०७६ भदौ ३१ गते

भाद्र ३१, काठमाडौँ । सोमबार दिउँसो प्रहरीले काठमाडौँबाट सुन जस्तो पहेँलो देखिने १ किलो धातु सहित १ जनालाई प्रक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं ठुलोभर्याङ बस्ने सिन्धुली कमला नगरपालिका घर भएका ४२ वर्षीय राजकुमार बम्जनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा राजकुमारलाई महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका १६ माछापोखरीबाट उक्त धातु सहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका राजकुमारलाई कारवाहीको लागि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित









