१० जना पर्यटक सम्पर्कविहीन

काठमाडौं, माघ १० । मंगलबार रातिदेखी परेको हिमपात तथा हावाहुरीका कारण माथिल्लो पहाडी तथा हिमाली क्षेत्रको जनजीवन कष्टकर भएको छ । हिमपातका कारण मनाङमा १० जना पर्यटक सम्पर्कविहिन भएका छन् ।

चामेबाट माथिल्लो मनाङ गएका १० जना बाह्य पर्यटक सम्पर्कविहीन रहेका र उद्दारका लागि पनि उपयुक्त अवसर नबनेको प्रशासनले बताएको छ । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध हुँदा सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

हावाहुरीसहित परेको हिमपातले मनाङको जनजीवन कष्टकर बनाएको छ ।

मंगलबार रातिदेखी नै हिउँ पर्न थालेपछि गोराखाको उत्तरी क्षेत्रको जनजिवन समेत कष्टकर हुँदै गएको छ । लाप्राक लगायतका क्षेत्रमा डेढ फिटभन्दा बढी हिमपात परेको स्थानीयले बताएका छन् ।

पश्चिमी बायुवको प्रभावको कारण आज देशभरको मौसम परिवर्तन भएको छ । काठमाडौं उपत्यकामा बिहानै देखी पानी परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + one =