नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित अख्तियारको नियन्त्रणमा

पुस १०, काठमाडौं । जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत र लेखापाल कुवेर केसी घुससहित पक्राउ परेका छन् ।   

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले जिल्ला ललितपुर महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी ३० हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो ।   

घिमिरे र केसीले सूचना तथा विज्ञापनबाट आएको भुक्तानी रकमबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा गएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा ९ गते उनीहरुलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । 

Image result for पक्राउ

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nineteen =