किन माओवादी शीर्ष नेता समानुपातिकमा बसेनन् ?

असाेज ३०, काठमाडाैं । माओवादी केन्द्रले सङ्घीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगमा आइतबार समानुपातिकतर्फका पार्टी उम्मेदवारको बन्दसूची बुझाउँदै माओवादीले घर्तीलगायत नेतालाई समानुपातिकतर्फ उम्मेदवार बनाउँदै सूची बुझाएको हो । वरिष्ठ नेता रामबहादुर थापा (बादल) नेतृत्वको कार्यदलले गृहकार्य गरी अन्तिममा मुख्य तीन नेता बसेर बन्दसूची तयार पारेका थिए । निर्वाचन आयोगले तोकेको समयावधिको अन्तिम समयतिर साँझ ५ बजे आयोग पुगेर माओवादीले सूची बुझाएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।


माओवादीले पूर्वसभामुख घर्तीका अतिरिक्त पूर्वमन्त्री हितराज पाण्डे, रेखा शर्मा, नेता मणि थापा, नारायण दाहाल, तिलक परियार, जयपुरी घर्ती, श्रवण वर्वरिया यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, नारायण शर्मा, धर्मशिला चापागाईं, बलावती शर्मालगायतको नाम समानुपातिक सूचीमा राखेको छ ।

माओवादीभित्र श्रीमान्–श्रीमती नै राजनीतिमा सक्रिय भएकामध्येबाट कतिपयले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका टिकट पाउने करिब–करिब पक्काजस्तै भएको छ । शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायतलाई प्रत्यक्षमै निर्वाचन लडाउने गरी कसैको पनि नाम समानुपातिक सूचीमा राखिएको छैन ।, यो खबर आजकोअन्नपुर्ण पोस्टमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =