काँग्रेसका बरिष्ठ नेता पौडेल ‘डेञ्जर जोन’मा
२०७४ जेठ १५ गते

मंसिर २४, पोखरा । नेपाली काँग्रसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नम्वर १ को प्रतिनिधि सभाको मतगठनामा सुरुदेखि नै पछाडि परेका छन्। उनलाई निकट्तम प्रतिद्धन्दी एमालेका कृष्णकुमार श्रेष्ठ भन्दा ५ हजार ५ सय ३६ मतले पछाडि परेका छन्। एमालेका श्रेष्ठले २९ हजार ३ सय ७८ मत ल्याएका छन्।
पौडेलले २३ हजार ८ सय ४२ मत ल्याएका छन्।
अहिलेसम्म ५५ हजार मत गणना भइसकेको छ भने अब १० हजार मतगणना हुन बाँकी छ। पौडेलले निर्वाचन जित्न गन्नबाँकी १० हजार मत मध्ये करिव ७० प्रतिशत मत जित्नु पर्ने हुन्छ। तर सो सम्भव नभएको बताइन्छ। मतगणनाको संख्या घट्दै गएपछि नेता पौड्ल डेञ्जर जोनमा प्रबेश गरेका छन्। उनको जीतको अत्यन्त क्षिणहुदै गएको छ।
पौडेलले २०४८ सालपछिका लगातार ५ वटा निर्वाचनमा तनहुँबाट फराकीलो अन्तरले विजयी हुदै आएका थिए।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








