प्रदेश २ बाट निर्वाचित राष्ट्रिय सभा सदस्यले पाए प्रमाणपत्र

जनकपुर माघ २४ । राष्ट्रिय सभा सदस्यमा प्रदेश २ बाट निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय जनकपुरले निर्वाचित ८ जना राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गरेको हो ।

प्रदेश २ राष्ट्रिय सभामा ८ जना निर्विरोध निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यमा खुल्लातर्फ नेपाली कांग्रेसका जीतेन्द्र देव, राजपाका रमेशप्रसाद यादव तथा एमालेका सुमनराज प्याकुरेल निर्वाचित भएका छन् । त्यसैगरी महिला समूहबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादव, संघीय समाजवादी फोरमका प्रमिला कुमारी र माओवादी केन्द्रका शशीकला दाहाल निर्वाचित भएका हुन् ।

अल्पसंख्यक समुहबाट राजपाका वृषेशचन्द्र लाल र दलित समुहबाट संघीय समाजवादी फोरमका रामपृत पासवान निर्वाचित भएका छन् । राष्ट्रियसभा सदस्यका लागि निर्धारण गरिएको आवश्यक समुह अनुसार मात्र उम्मेदवारी दर्ता भएपछि प्रदेश नम्बर दुईमा सम्पूर्ण सदस्य निर्विरोध निर्वाचित भएका हुन् । महिला, दलित र अल्पसाख्यक कोटामा निर्धारण गरिएको सीट अनुसार मात्रै दलहरुबाट उम्मेदवारी दिएको थियो ।

खुल्लातर्फ संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसेनले उम्मेदवारी दिएपनि पछि उनले उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =