रसुवामा लोकतान्त्रिक गठबन्धन अगाडि

मङ्सिर २२, रसुवा । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा मतगणना जारी रहेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्मको मतगणना परिणाम लोकतान्त्रिक गठबन्धनका नेका उम्मेदवार मोहन आचार्यले ४ हजार ७७२ र वाम गठबन्धनका नेकपा एमाले उम्मेदवार जनार्दन ढकालले ३ हजार ३३२ मत प्राप्त गरेका छन् ।

यसै गरी, प्रदेश (क) मा नेकाका उम्मेदवार प्रभात लामाले तीन हजार ६०९ र वाम गठबन्धनका एमाले उमेदवार कर्णेल तामाङले तीन हजार १९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 7 =