ह्याप्पी बर्थडेको धुन बजाउदै आकाशबाट छलाङ

एजेन्सी । हवाइजहाजबाट नांगै हाम फाल्नु कुनै जोक होइन, किनकि यो जो कोहीले गर्न सक्ने काम हुँदै होइन । तर, अस्ट्रेलियाका सङ्गीतकार ग्लेन डोनेलीका लागि भने यो जिन्दगीको एउटा इच्छा नै थियो । जसलाई उनले पूरा गरिछाडेका छन् ।

ग्लेनले आफ्नो ३० औँ जन्मदिनका अवसरमा उनले निर्वस्त्र स्काइडाइभ गर्ने निधो गरे र त्यसरी तल खसिरहँदा भायलिनमा कुनै धुन बजाउने योजना बनाए । आइतबार अस्ट्रेलियाको न्यु साउथ वेल्समा उनले यो कीर्तिमान राखी छाडे । स्काइडाइभिङको सुरुवातमा उनले बेलायती सङ्गीतकार राल्फ भन विलियम्सको धुन बजाए र तीव्र गतिमा तल झरिरहँदा उनले आफ्नै लागि ह्याप्पी बर्थडेको धुन बजाए ।

बेलायती सङ्गीतकारको धुन हावामा उड्ने पंक्षीहरुप्रति समर्पित निकै उत्कृष्ट धुन रहेको र आफ्नो त्यो बेलाका लागि उपयुक्त रहेको उनी बताउँछन् । न्यु साउथवेल्सका युवायुवतीहरुलाई आफ्नो स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यले उनले निर्वस्त्र स्काइडाइभ गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =