नेपालमा स्पेशवुडका उत्पादनहरुको बिक्री वितरण सुरु

भदौ २०, काठमाडौँ । नेपाली बजारमा भारतको ख्यातिप्राप्त फर्निचर उत्पादक कम्पनी स्पेशवुडका उत्पादनहरुको बिक्री वितरण सुरु भएको छ । काठमाण्डौको नयाँ बानेश्वरस्थित पहिलेको एनसेल कार्यालय रहेको कृष्ण टावरसँगै रहेको भवनमा कम्पनीले सोरुम खोलेको छ । कम्पनीले सोरुमको उदघाटन आइतबार गरेको थियो ।

भारतमा सन् १९९४ देखि अनवरतरुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले फर्निचरजन्य उत्पादनहरुको बाहुल्यताबाट बजारमा पेशागतरुपमै स्थापित छ । बृहतरुपमा किचेन, अफिस, प्रोजेक्टहरुमा यसका उत्पादनहरू उपयोगी हुँदै आएका छन् ।

२५ वर्षको फर्निचरजन्य निर्माण इन्जिनियरको विशेष अनुभवबाट उत्पादित यी फर्निचरलाई आफ्नै ल्याबमा परीक्षण गरिएको छ । जापानी प्रविधिसँगको सहकार्यमा उत्पादन भएका यी फर्निचर आरामदायी र गुणस्तरयुक्त भएको कम्पनीले जनाएको छ ।

यसको लेमिनेशन, प्यानल प्रोसेसिङ, मेमब्रेन प्रेसिङ तथा पाउडर कोटिङ्ग सिस्टम अन्य भन्दा नविनतम तथा फरक छ । तामिल प्राप्त डिजाइनर, गुणस्तरीय कच्चा पदार्थ तथा अन्तर्राष्ट्रिय फिटिङ्ग प्रविधि नै यसको प्रमुख आकर्षण रहेको नेपालका लागि आधिकारिक विक्रेता केडिया अर्गनाइजेसनले जनाएको छ ।

नेपालमा सोरूम मार्फत कम्पनीले किचेन, बेडरुम, अफिस फर्निचर तथा सम्पूर्ण अफिस सजावटका लागि आवश्यक सबै किसिमका सामानहरू उपलब्ध गराएको छ । यो मोडुलर फर्निचर ब्राण्डले एकै छानाबाट फर्निचरका विभिन्न गुणस्तरीय उत्पादनहरू ग्राहकहरुलाई उपलब्ध गराउने बताएको छ । यसका उत्पादनहरू नविनतम प्रविधि, चुस्त फिटिङ्ग तथा वातावरणमैत्री रहेका कम्पनीले दाबी समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − five =