चुनावका लागि तीन दिन सीमा बन्द

मङ्सिर ३, भैरहवा । अगामी मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अघि भारतसँग जोडिएका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाको सीमा नाका मङ्सिर १९, २० र २१ गते बन्द हुने भएको छ ।

त्यस्तै, भारतको उत्तर प्रदेशमा मङ्सिर १३ गते हुने स्थानीय तह निर्वाचन अघि पनि तीनै जिल्लाका सीमा नाका मङ्सिर १२ र १३ गतेका लागि बन्द गर्ने सहमति भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनले नेपाल भारतको सुरक्षा समितिको नियमित बैठकमा दुवै देशका अधिकारीहरुबीच सीमा नाका बन्द गर्ने लगायत विभिन्न निर्णयहरू भएको बताए ।

उनले दुवै देशकाे नागिरकता लिएका व्यक्तिहरू माथि निगरानी गरी प्रमाणसहित आवश्यक कानुनी कारबाही गर्ने, खुल्ला सीमाका कारण निर्वाचनको समयमा हातहतियारको ओसारपसार हुन सक्ने सम्भावना रहेका कारण नाकामा कडाइका साथ चेकजाँज गर्ने, नाकाबाट हुने लागूपदार्थको ओसारपसारलाई नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए ।

त्यस्तै, निर्वाचनलाई लक्षित गरी सीमाबाट हुने अपराध नियन्त्रणका लागि सीमामा दुवै देशको सुरक्षाहरुकर्मीको ज्वाइन्ट पेट्रोलिङ, सूचना आदानप्रदान गर्ने लगायतको निर्णयसमेत भएको साहयक प्रजिअ रेग्मीले बताए । सीमा बन्द भएको अवस्थामा घटना हेरेर आपत्कालीन अवस्थामा रहेका व्यक्ति, बिरामी, विदेशी पर्यटकहरुलाई आवातजावतमा रोक नलगाइने पनि उनले बताए ।

‘सीमा बन्द रहेको अवस्थामा यदि बिरामी, नाकामा अलपत्र परेका विदेशी पर्यटक जस्ता कोही आपताकालीन अवस्थामा रहेको जानकारी प्राप्त भएमा घटना हेरेर त्यसका लागि आवातजावतमा रोक नलगाइने व्यवस्था मिलाइएका छौँ’ । उनले भने आपताकालीन अवस्थामा सीमाबाट आवाजावत गर्नुपरेमा सम्बन्धित जिल्लाको प्रहरी कार्यालय वा जिल्ला प्रशसान कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनाली, साहयक प्रजिअ शम्भुप्रसाद रेग्मी, सङ्घीय नवलपरासीका प्रजिअ उदय बहादुर राना मगर, कपिलवस्तुका साहयक प्रजिअ रामेश्वर अर्याल, इकाई प्रहरी कार्यालय भैरहवाका प्रमुख एसएसपी दीपक थापा, भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर जिल्लाका डिए, एसडीमको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =