लागूऔषध सहित २ जना पक्राउ
२०७५ फागुन १ गते

फागुन १, बिराटनगर। सुनसरीको ईटहरी नगरपालिका–१२ खनार चौकबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।
मंगलवार बेलुका ७ बजेको समयमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरी टोलीले खनार चौकमा शंकास्पद तरिकाले हिडिरहेका ईटहरी–१० का १८ बर्षीय सागर चौधरीलाई शंका लागि चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध नाईट्रोजन १० ट्याब्लेट बरामद गरेको थियो ।
यसैगरी राती साँढे ९ बजे सोही स्थानबाट काठमाण्डौ कोटेश्वर घर बताउने २५ बर्षीय फुर्साङ तामाङ पनी लागूऔषध सहित पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले १४ ट्याब्लेट फेनारागन, १७ ट्याब्लेट लुपीजेसीक र १६ ट्याब्लेट डाईजेपाम बरामद गरेको थियो ।
null
लागूऔषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
२०७५ फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित








