१ सय २८ निर्वाचन क्षेत्रका लागि ८८ जना सुक्ष्म अनुगमनकर्ता परिचालन

काठमाडौं, मंसिर १५ । निर्वाचन आयोगले दोस्रो चरणमा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट सुक्ष्म अनुगमनकर्ता खटाउने भएको छ । यही मंसिर २१ गते हुने ४५ जिल्लाका १ सय २८ निर्वाचन क्षेत्रका लागि उपसचिवस्तरका ८८ जना सुक्ष्म अनुगमनकर्तालाई परिचालन गरिएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिनुभयो ।

उनीहरुले आजदेखि २२ गतेसम्म सूक्ष्म अनुगमन गर्नेछन् । अनुगमनका क्रममा देखिएका आचारसंहिता विपरितका क्रियाकलापका बारेमा उनीहरुले आयोगलाई जानकारी गराउनुपर्नेछ ।

आयोगका सहसचिव नवराज ढकालले निर्वाचन प्रक्रिया, सूक्ष्म अनुगमनकर्ताको भूमिका र जिम्मेवारी, निर्वाचन आचारसंहिताको पालना र उल्लङ्घन भएमा हुने कारबाहीलगायतका विषयमा सूक्ष्म अनुगमनकर्तालाई हिजो प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =