सात किलोमिटरमा जुनबेला पनि पहिरो


किशोर खनाल ,भरतपुर । मुग्लिन नारायणगढ सडकखण्डको मुग्लिनतर्फको ७ किमि सडकमा जुनबेला पनि पहिरो जान सक्ने छ ।
मुुग्लिनबाट ७ किमि नारायणगढतर्फ जलविरेसम्मको क्षेत्रमा जुनबेला पनि पहिरो जाने सम्भावना रहेको छ । चारकिलो देखि कालिखोला हुँदै चेपाङ डाँडासम्मको क्षेत्र बढी पहिरोको जोखिमयुक्त रहेको इन्जिनियर शिव खनालले बताए ।
आयोजनाले गरेको भौगोलिक सर्वेक्षण अनुसार नारायणगढबाट २० किमिको दुरीमा रहेको सेती दोभान, २२ किमिमा रहेको केरावारी, २६ किमिमा रहेको भालढुगां, २८ किमिमा रहेको जलविरे आसपास क्षेत्र र ३० किमि दुरीमा रहेको पाँचकिलो क्षेत्र पहिरोको जोखिम क्षेत्र मानिन्छन् ।
‘दासढुंगा देखि मुग्लिनसम्म २९ ठाउँ पहिरोको जोखिम क्षेत्र भनी किटान गरेका छौँ’ इन्जिनियर खनालले भने । चार किलो क्षेत्रमा गत शुक्रबार राति गएको पहिरोका कारण प्रहरीको भ्यान र एउटा ट्रक वगाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − three =