बंगालादेशकी पूर्व प्रधानमन्त्री खालिदालाई भ्रष्टाचार अभियोगमा पाँच वर्षको जेल सजाय

काठमाडौं, माघ २५। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी पार्टी बीएनपीकी प्रमुख खालिदा जियालाई पाँच वर्षको जेल सजाय भएको छ ।

जिया अनाथालय न्यासमा भ्रष्टाचार मामलामा खालिदामाथि सन् २००८ मा मुद्दा दर्ता भएको छ । फैसलापछि बंगलादेशमा सुरक्षा बढाइएको छ ।

बंगालादेशको राजनीतिमा यस फैसलाले ठूलो असर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । किनकी खालिदामाथि दुई साल भन्दा धेरैको सजाय भएका कारण उनी आगामी चुनावमा हिस्सा लिन पाउने छैनन् । जसको सीधा फाइदा शेख हसीनाको पार्टीमा हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =