राष्ट्रियसभा निर्वाचनः ८३ जनाको उम्मेदवारी, १७ उम्मेदवार निर्विरोध
२०७४ जेठ १५ गते

काठमाडौं, माघ ११ । राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतिको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् ।
बुधबार सातवटै प्रदेशमा शान्त वातावरणमा उम्मेदवारी दर्ता भएको छ । ५९ सदस्यी राष्ट्रियसभामा तीनजना मनोनित र ५६ जना निर्वाचित हुनेछन् । त्यस्तै निर्वाचित हुने ५६ पदमध्ये १७ जना निर्विरोध भएका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








