नवलपरासीको सुस्तामा खुल्ला कवड्डी प्रतियोगिता सुरु

मनोज अर्याल, नवलपरासी  । नवलपरासीको सुस्ता गाऊँपालिका वडा नं.७ सुस्तामा जनै पुर्णीमाको अवसर पारेर खुल्ला कपड्डी प्रतियोगीता आयोजना गरिएको छ । प्रतियोगिता हिजोवाट सुरु भएको हो । स्वास्थ्यको लागी खेल,राष्ट्रको लागी खेल भन्ने नारा सहित गोपी कृष्ण युवा क्लब सुस्ताको आयोजनामा सुरु प्रतियोगीताको उद्घाटन दिपक उच्च मा.वी. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश जायसवालले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा वडा नं.५ का गाऊँपालिका सदस्य आदम खान, ओम प्रकाश चौधरी, धर्मेन्द्र जायसवाल, जय प्रकाश चौधरी, जोधा केवट, मिर अस्लम मियाँ, बिजय कुमार शाह, औरंगजेब खान, जय नारायण कानु लगायतहरुको सहभागिता रहेको थियो । प्रतियोगीतामा गाऊँपालिका भित्रका करिब १४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई ११ हजार नगद सहित शिल्ड, मेडल तथा उपबिजेतालाई ५१ सय नगद सहित शिल्ड र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =