बालबालिकाका लागि पत्रकार यज्ञराजद्धारा न्यानो लुगा सहयोगार्थ अभियान सुरु

बिष्णु जोशी 

धनगढी , पुस २२ । गरीब, असहाय, निमुखा, टुहुरा, आर्थिक अवस्था निकै कमजोर भएका बालबालिका र बिद्यार्थीहरुले जाड़ोमा कठ्याँग्रिए बस्न नपरोस र ज्यान गुमाउन नपरोस् भनी पत्रकार यज्ञराज उपाध्यायले उनिहरुका लागि न्यानो कपड़ा, शैक्षिक सामग्री र पारिवारिक स्थितिका आधारमा खाद्यान्न सहयोग गर्नका लागि सहयोगार्थ अभियान चलाएका छन् ।

अनाथ र बिपन्न परिवारका बालबालिकालाई जाडोमा कठ्याङग्रीएर बस्न नपरोस भन्ने मुख्य उदेश्यले यो अभियान चलाएको उनको भनाई छ । अझै समाजमा थुप्रै संघ संस्थाहरु बालबालिकाका लागि काम गरिरहेका भए पनि ती सबै एकपटकको नाममा मात्र सिमित भएको र पैसा मात्र कुम्ल्याउने भएका भन्दै अब हामी युवा नै समाज परिवर्तनमा लाग्नु पर्ने समेत उपाध्यायको भनाई छ ।


बिशेषगरेर आर्थिक अवस्था कमजोर मात्र भन्दा पनि जसको आमा बुवा दुबै हुनुहुन्न उहाँहरुका निमित्त आफ्नो अभियान रहेको समेत उनले स्पष्ट पारेका छन् । सयौं बालबालिका यो जाडोमा घर भित्र समेत बस्न नपाई घर बाहिरै जिन्दगी गुजारीरहेका र उनिहरुले अहिल सम्म एकसरो लुगा समेत नपाएका देख्दा आफु निकै भावुक भएको र त्यसैले ती बालबालिकाहरुका निमित्त सहयोगार्थ अभियान ल्याएका उनले  बताए ।

सामर्थ्य नेपाल टीकापुर कमिटीका अध्यक्ष समेत रहेका उपाध्यायले यसअघि पनि सामाजिक सचेतनाका लागि र युवा जागरूकका लागी बिभिन्न अभियानहरु गरेका थिए । अब उनले सामर्थ्य नेपालको नाताले मात्र नभई एक सामाजिक अभियन्ताको हिसाबले पनि यो जाडोमा कुनै पनि गरीब र असहाय बालबालिकाले जाडोले ज्यान गुमाउन नपराेस् भन्दै न्यायो सहयोगार्थ अभियानमा लागेको जनाए । यो अभियानमा उनले देश भित्र र बाहिर रहेका सबै सहयोगी र देशभक्ति मनहरुलाई सहयोगका लागि समेत आव्हान गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =