लगातार उम्मेदवारमाथी आक्रमण, सुरक्षा चुनौतीमा सरकारले छलफल गर्ने

काठमाडौं, मंसिर २ ।  निर्वाचनको दिन नजिकिंदै जाँदा निर्वाचन सुरक्षामा थप चुनौति देखिएको छ । केहि दिन यता विभिन्न जिल्लामा उमेद्वार लक्षित आक्रमणका घटना बढिरहेका छन् । गृह मन्त्रालयले सुरक्षाका विषयमा थप छलफल गर्ने भएको छ ।

निर्वाचन आयोगले पछिल्लो समय भएका चुनाव विरोधी गतिविधिप्रति चिन्ता व्यक्त गरेर पत्र पठाएपछि सरकारले छलफल गर्न लागेको हो । सुरक्षाका विषयमा सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्ने तयारी भइरहेको गृहमन्त्रालयले जनाएको छ । आक्रमणकारीविरुद्ध कठोर बन्न गृहले जिल्लाका सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ ।

गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीका अनुसार थप सतर्कता अपनाएर चेकजाँच र कारबाही सशक्त बनाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =