उम्मेदवारको गाडीमा बम आक्रमण, सुरक्षागार्ड घाइते

कात्तिक २८, भोजपुर । पूर्व सुचना तथा सञ्चारमन्त्री एवं भोजपुर प्रदेशसभा क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेदवार शेरधन राईको गाडीमाथि बम र गोली प्रहार भएको छ । बम प्रहारबाट राईको सुरक्षामा खटिएका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भाग क्षति भएको राइले बताएका छन् ।

भोजपुर सदरमुकामदेखि टेम्केमैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा बिहान १० बजे टेम्केमैयुँ गाउँपालिका–६ गुम्बामा राई सवार बा १५ च ५६०८ नम्बरको वनटेन गाडीमा बम प्रहार भएको हो ।

आक्रमणपछि राइका सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाले पनि २१ राउण्ड जवाफी फायर गरेको र राई, उनको साथमा रहेका कार्यकर्ता सकुशल रहेको राईले बताए ।

एमालेका प्रभावशाली नेता राईले निर्वाचनमा आफूले जित्ने निश्चित भएको र यसलाई रोक्नका लागि प्रतिद्वन्द्वीहरुले ज्यान मार्ने षडयन्त्र गरेको आरोप लगाए । सरकार सुरक्षमा संवेदनशील नभएको राईले बताए ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गितनारायण चौधरीले आक्रमण गर्ने समूहको पह्चिान नभएको र प्रहरीको टोली घटनास्थल खटाइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =