बार्यन म्युनिख फ्यानले पैसाको बण्डल फ्याकेपछि…

मङ्सिर ७, काठमाडाैं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधवार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेलमा पैसाको बण्डल बर्सिएकाे छ । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले मैदानमा पैसाको बण्डल फालेका हुन् ।

च्याम्पियन्स लिग अन्तर्गत अवे मैदानमा भएकाे खेलको टिकट मूल्य बढाएको विरोधमा बार्यन समर्थकले मैदानमा नक्कली नोटको बण्डल फ्याँकेका हुन् । मैदानमा फालिएको नक्कली नोट हटाउन खेलाडी र खेल पदाधिकारी लागेका थिए । यसले गर्दा खेल केही समय ढिला भएको थियो ।

एन्डरलेक्टले बार्यनका समर्थकलाई यो खेलका लागि एउटा टिकटका लागि एक सय युरो भन्दा बढी मूल्य लिएको थियो । यो खेलमा समूह ‘बी’ मा रहेको बार्यन म्युनिखले एन्डरलेक्टलाई २–१ ले हरायो । बार्यनका लागि रोबर्ट लेवानडोस्की र टोलिस्सोले गोल गरे । एन्डरलेक्टका लागि हान्नीले गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =