२२ वर्षको युवकको पेटबाट पाठेघर र सर्भिक्स निकालियो

एजेन्सी । राजस्थानको उदयपुरमा २२ वर्षका एक युवकको पेटबाट पाठेघर र सर्भिक्स निकालिएको छ । यो अंग महिलामा मात्र हुने गर्दछ । तर, यी युवकको पेटमा भने यो अंग जन्मजात नै रहेको बताइएको छ । ती युवक जीबीएच अमेरिकन अस्पतालमा यूरोलोजिस्टलाई आफ्नो स्वास्थ्य देखाउन गएका थिए । उपचारको क्रममा डाक्टरले ती युवकको अण्डकोश (टेस्टिस) आफ्नो स्थानमा नभई पेटमा भएको पत्ता लगाएका थिए । ती युवकलाई स्त्रीरोग विशेषज्ञलार्इ देखाउन सल्लाह दिइयो । त्यहाँ एमआरआई गराउँदा ती युवकको पेटभित्र पाठेघर र सर्भिक्स देखेपछि सबैजना अचम्मित भएका थिए ।

बुधबार युरोलोजी र गाइनाकोलोजी डिपार्टमेन्टको समूहले युवकलाई दूरबीन प्रोसेसबाट अप्रेशन गरे । डाक्टरले पाठेघर, सर्भिक्स र बिग्रिसकेको टेस्टिसलाई निकाले । शल्यक्रियापछि ती युवक पूर्ण रुपमा स्वस्थ भएको बताइन्छ । डाक्टरका अनुसार यो रोग निकै कम नै सुन्नमा आएको छ ।  संसारभर अहिलेसम्म यस्ता ४ सय मुद्दा सार्वजनिक भएका छन् ।

ती पुरुषको शल्यक्रिया गर्ने समूहमा स्त्रीरोग विशेषज्ञ डा. शिल्पा गोयल र यूरोलोजिस्ट डा. मनिष भट्ट समावेश थिए ।परिवारका सदस्य अनुसार ती युवकको अवस्थाबारे बाल्यकालमा नै पत्ता लागेको र अब उनको विवाहका लागि कुरा आउन थालेकाले परिवारले उनको उपचार गर्ने सोच बनाएको बताए ।

के भन्छन् डाक्टर ?

डा. शिल्पा गोयल भन्छिन्, ‘पहिलो पटक मैले यस्तो शल्यक्रिया गरेकी हुँ । जसमा महिला अंगको पहिचान गर्न मुश्किल थियो । ती युवकको पेटमा यो अंग टाँसिएको थियो । यो महिलामा हुनेभन्दा निकै सानो थियो ।’

डा. मनिष भट्ट भन्छन्, ‘म टेस्टिसको शल्यक्रिया गर्छु । तर कुनै पुरुषको पाठेघर र ग्रीवा भएको यस्तो घटना पहिले कहिले देखेको थिइनँ ।’

रोगको नाम पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम होः

यो रोगलाई पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम भनिन्छ । यो एक दुर्लभ रोग हो ।

डाक्टरका अनुसार एन्टी म्युलरिन हर्मोन पुरुषमा मात्र हुन्छ । यसका कमी हुँदा पुरुषमा महिलाको अंग विकसित हुन्छ । यद्यपी, यस्तो निकै कम देख्न पाइन्छ ।

संसारभरी यस्तो करिब ४ सय केस सार्वजनिक भएका छन् जसमा ८ महिनादेखि २७ वर्षसम्मका पुरुष समावेश छन् । सन् १९३९ मा पहिलो पटक बेलायतमा यसबारे थाहा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =