नारायणगढ तर्फ लैजाँदै गरेको ७० केजी चरेस बरामद

धादिङ :  मङ्गलबार बिहान लुकाई छिपाई नारायणगढ तर्फ लैजाँदै गरेको ७० केजी चरेस गजुरी स्थित प्रहरीले बरामद गरेको छ । सुराकीका आधारमा बिहान ४ बजे इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले गजुरी हुँदै नारायणगढ तर्फ जाँदै गरेको ना ६ ख १३७ नंको एलपी ट्रकलाई पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–५ बेनिघाट बजारमा रोकेर खानतलासी गरी उक्त परिणामको चरेस बरामद गरेको हो ।

उक्त ट्रकका चालक छिमेकी जिल्ला मकवानपुरको मनहरा गाउँपालिका–६ बस्ने ३२ वर्षीय कृष्णबहादुर राई र सोही स्थान बस्ने सहचालक १८ वर्षीय आयुष लामालाई पक्राउ गरिएको छ । पोका पारेर टेपले बाँधेर बेवारिस अवस्थामै ट्रकको पछाडि बोरामा राखेर त्रिपालले छोपेको अवस्थामा चरेस बरामद गरिएको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।

प्रहरीले लागुऔषध चरेस, ओसारपसारमा प्रयोग गरेको ना ६ ख १३७ नंको ट्रक र ओसार पसारमा संलग्न कृष्णबहादुर राई र आयुष लामालाई आवश्यक कानुनी कारबाहीका लागि पक्राउ गरी जिल्ला प्रहरीमार्फत थप अनुसन्धान कार्य भइरहेको छ । चालक कृष्णकुमार यस अघि समेत लागूऔषध ओसारपसार गरेबापत दुई वर्ष कैद भोगी गत महिना मात्रै रिहाइ भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =