आमाको मृत्युपछि जुम्ल्याहा बच्चा अस्पतालमै छाडेर हिँडे बाबु

तुलसीपुर– सुत्केरी लगत्तै आमाको मृत्यु भएपछि जुम्ल्याहा नवजात शिशु अस्पतालमै विचल्लीमा परेका छन् । राप्ती गाउँपालीका वडा नं ९ घोषखोला निवासी ४१ वर्षीय पातली रोकाको सुत्केरी भएको केही घन्टामा मृत्यु भएको थियो । घरमै जुम्ल्याहा सन्तान जन्माएकी उनको रक्तश्राव नरोकिएपछि लमही अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउन ढिलो गरिएका कारण आमाको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा ईश्वरी खनाल अत्याधिक रक्तश्रावका कारण आमाको मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको बताउँछन् ।

आमासँगै अस्पताल ल्याइ पुर्याइएका जुम्ल्याहा नवजात शिशु अस्पतालमै छाडेर आफन्त भने सम्पर्कविहीन भएका छन् । अस्पतालले बुटवल वा नेपालगञ्ज लगेर एनआईसियूमा राखेर शिशुको थप उपचार गर्नुपर्ने बताएपछि बाबु दिनबहादुर र उनीसँगै आएका आफन्त सम्पर्क विहीन भएको डा खनालले बताउनु भयो । ‘आफूसँग उपचार गर्ने पैसा नभएकाले बच्चा घर लैजाने भन्नुभएको थियो तर उपचार नगरे ती शिशु बाँच्नै अवस्था छैन । त्यसैले उपचार गर्ने रकमको जोहो नगरुन्जेल यही अस्पतालमै उपचार गरिराख्छौं भनेर पठायौं । उहाँहरु हिजोदेखि सम्पर्कमै आउनुभएन,’ डा खनालले भन्नुभयो ।

अस्पतालमा एनआईसियू नभएका कारण अर्केा अस्पतालमा पुग्ने खर्च सहित रिफर गर्न खोजिएपनि उपचार गर्न नसक्ने भन्दै ती शिशुका बाबुले अस्वीकार गरेका थिए । लमही अस्पतालमा उपचार गरिरहेका बेला शिशुको अवस्था थप जोखिमपूर्ण भएपछि नजिकैको तुलसीपुर बाल अस्पतालमा पुर्‍याएर उपचार थालिएको छ । आफन्त सम्पर्कमा नआएपछि निजी लगानीमा सञ्चाल उक्त बाल अस्पतालमा पनि उपचारका लागि समस्या हुने डा खनाल बताउँनु हुन्छ । उनी भन्छन्, ‘कतैबाट जुट्यो भने शिशुको ज्यान जोगाउन सकिन्थ्यो ।’ उनीहरुको उपचारमा सघाउन डा खनालले आग्रह गर्नुभएको छ । सहयोगी हातहरुले लमही अस्पताल तुलसीपुर बाल अस्पताल र डा खनाललार्इ सम्पर्क गर्न सकिने छ । तुलसीपुर बाल अस्पतालका बालरोग विशेषज्ञ डा किशोर खत्रीले ती शिशुको उपचार गरिरहेका छन् ।

मजदुरी गरेर जिविकोपार्जन गर्ने शिशुका बाबु शिशुको उपचारका लागि रकमको जोहो गर्न नसक्ने देखेपछि सम्पर्क विहीन भएको हुनसक्ने अनुमान गरिएको छ । यसबारे जिल्ला प्रशासन कार्यलाई जानकारी गरार्इसकिएको छ । दिन बहादुरलाई चिन्नेका अनुसार उनको घरमा २१ वर्षका अपाङ्गता भएका छोरा रोमबहादुर, अर्की अपाङ्गता भएकी १३ वर्षकी छोरी चुमा छिन् । यसैगरी अर्को एक ९ वर्षीय छोरा पनि छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =