धनगढीमा तनाव : प्रहरी र स्थानीयबीच झडप, १३ जना पक्राउ

धनगढी, माघ ५ । धनगढीमा ६ लेन सडकको चौडाई घटाउन नहुने भन्दै गरेको आन्दोलनमा प्रहरीले दमन गरेपछि प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । प्रहरी दमनको विरोधमा स्थानीय वासिन्दा सडकमा उत्रिएका हुन ।

बजार बन्द आव्हान गर्दै शुक्रवार ट्राफिक चौराहमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला वडा अध्यक्ष सहित १३ युवालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

मोहना पुल–अत्तरीया ६ लेन सडकको चौडाई घटाउने चलखेल विरुद्ध युवा दवाव समुहले शुक्रबार धनगढी वन्दको घोषणा गरेको छ । युवा दवाव समुहले ६ लेन सडकको चौडाई घटाउने विरुद्ध खवरदारी गर्न धनगढी वन्दको घोषणा गरेको जनाएको छ । युवा दवाव समुहका सयोजक अर्जुन रावलले दृष्टीविहीन युवाहरुको अगुवाईमा दवाव स्वरुप बन्दको घोषणा गरिएको जानकारी दिए ।

दृष्टीविहीन युवाहरुको अगुवाईमा गठन गरिएको उक्त युवा दवाव समुहले केहीदिन अघि छ लेन सडकको चौडाई घटाउने चलखेल विरुद्ध धनगढीमा प्रदर्शन समेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =