स्पेनमा गोलभेंडा युद्ध

एजेन्सी । स्पेनमा वार्षिक गोलभेंडा युद्ध पर्व सम्पन्न भएको छ । भ्यालेन्सियाभन्दा २५ माइल पश्चिममा रहेको बुनोल सहरमा हरेक वर्ष अगष्ट महिनाको अन्तिम बुधबार ला टोम्याटिना नामक गोलभेंडा युद्ध पर्व मनाइन्छ । यो पटकको गोलभेंडा युद्ध पर्व चाहिँ विशेष रह्यो ।

किनकि यो गोलभेंडा लडाइँ पर्वले यसपटक विश्वकीर्तिमान कायम गरेको छ, विश्वको सबैभन्दा ठूलो खानेकुरा लडाइँ खेलको रुपमा । पर्वमा १ सय ६५ टन पाकेका गोलभेंडा एक आपसमा फ्याँकिएको छ । झण्डै २२ हजार मानिस गोलभेंडा युद्धमा सहभागी भएका छन् । जसमध्ये १७ हजार त पर्यटक नै थिए ।

गोलभेंडा युद्धका लागि भनेर सहरमा ६ वटा ठूला ट्रकमा ३६ हजार युरोका गोलभेंडा खरिद गरिएको थियो । ती गोलभेंडालाई गोलभेंडा युद्ध हुने प्लाजा लायाना चोकमा अर्को सानो ट्रकले ओसारेको थियो । हेरौं गोलभेंडा युद्धका रोचक दृश्यहरुः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =