धरानका सुकुम्बासी भन्छन्, “अहिलेसम्म यसअघिका सांसद देख्न पाएका छैनौँ”

कार्तिक २९, सुनसरी । सुनसरीको धरामा सुकुम्बासीहरुको बाहुल्यताले गर्दा कुनै पनि चुनाव जुनसुकै उम्मेदवारलाई जित्न सुकुम्बासीको मत निर्णयक भएर आउने गरेको भए पनि धरान–११ सुनौलौ सुकुम्बासी बस्तीका बासिन्दाहरुले अहिलेसम्म सांसद नदेखेको गुनासो पोखेका छन् ।
‘भोट हालेर जिताएका सांसद प्रतिनिधिसभाको अर्को चुनाव आएको चर्चा चलिरहँदासम्म पनि देखिएन । स्थानीय ४८ वर्षीय समृद्धि तामाङ भन्छिन, ‘चुनाव हुन्छ भन्ने खुब चर्चा छ तर यसअघि चुनाव जितेका सांसदलाई देख्नै पाएका छैनौँ ।’
६० वर्षीय भरत सुन्दासको पिडा पनि उस्तै छ उनी २० वर्षदेखि धरानमै बस्दै आएका छन् । कति वर्षसम्म कसले जित्यो सबैको हेक्का छ उनलाई । ‘कति सांसद भए सबै थाहा छ हामीलाई तर भोट दियौं तर सुकुम्बासीबाटै भोट जित्दै आएका उनीहरू अहिलेसम्म सुकुम्बासी बस्तीमा फर्केर आएनन् उनले भने ।’
धरानका मेयर तारा सुब्बाले घर नम्बर वितरण गरेको मात्रै ख्याल भएको उनले सुनाउदै यतातिर पनि ध्यान दिनुपर्ने बताए । ‘पहिला पहिला ध्यानबहादुर राईले पनि घर नम्बर दिँदै हिँडेका हुन् तर त्यसपछि के गरे थाहा छैन, यो मेयरले केही गर्छन् जस्तो छ उनले भने ।’
मङ्सिर २१ मा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनबारे चियागफमा सहभागी हुने गरेको सुनाउने सुन्दास भोट पाएपछि अहिलेसम्म सांसद नदेख्दा रिस उठ्ने गरेको सुनाए । ‘जित्छन् अनि कँहा पुग्छन् अहिलेसम्म थाहा छैन यस अघिका सांसद कस्ता थिए देख्नै पाएका छैनौँ ।
‘चुनाव भयो, अर्को चुनाव त आयो तर सांसद कस्ता भएका छन्, के के गरे अहिलेसम्म हामीलाई थाहा छैन’, उनले भने ।
‘यसपटकका सांसद पनि भोट माग्न नपुगेको बताउने उनले दुखेसो पोख्दै भने, “भोट माग्न सुकुम्बासी भन्दै आउने तर बिर्सने रोगले नेतालाई सताउने हुनाले यस पटक भोट हाल्न खासै मन नभएको उनको तर्क छ ।”








