नेपाली विद्यार्थीको आकर्षणको केन्द्र बन्दै एपी गोयल शिमला कलेज


जेठ–१५, काठमाडौँ । उच्च शिक्षा अध्ययन गर्न भारत जान चाहने नेपाली विद्यार्थीका लागि एपी गोयल शिमला युनिभर्सिटी आकर्षणको केन्द्र बनेको छ । पछिल्लो वर्षहरूमा उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीहरूको रोजाईमा भारतको शिमला स्थित एपी गोयल सिमला कलेज परेको छ ।
दुई वर्ष यता दर्जनौ नेपाली विद्यार्थीहरू एपी गोयलमा उच्च शिक्षा हासिल गर्न गएका छन् । एपी गोयल कलेजको लागि नेपालको आधिकारिक परामर्श दाता संस्था क्याम्ब्रिज अफ इन्ष्टिच्युट टेक्नोलोजीका संस्थापक निर्देशक शिशिर सिंखडाले पछिल्लो वर्षहरूमा अभिभावक र विद्यार्थीहरू Abroad Study प्रति सजग भएको र उच्चस्तरीय शिक्षाका लागि भारत जान थालेको बताए । विगत सात वर्षदेखि Abroad Study मा जाने विद्यार्थीलाई परामर्श गर्दै आएका सिंखडाले नेपाली विद्यार्थीको आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले भारत सहज देश भएको बताए । ‘भिजा नचाहिने, आर्थिक ब्ययभार कम पर्ने, भाषा तथा वातावरणीय अनुकुलताले पनि नेपाली विद्यार्थीहरूलाई भारतका कलेज त्यसमा पनि शिमला स्थित एपी गोयल कलेज राम्रो गन्तब्य बनेको छ ।’ उने भने ।
एपी गोयल कलेज भारतकै उत्कृष्ट कलेजका रूपमा स्थापित भएपछि क्याम्ब्रिजमा आउने अधिकांश विद्यार्थी पहिला एपी गोयलकै विषयमा जानकारी लिने गर्दछन् ।
युरोप, अमेरिका, अस्ट्रेलिया जानका लागि अङ्ग्रेजी राम्रो हुनुपर्ने, भिजा लाग्नुपर्ने तथा खर्च पनि धेरै लाग्ने भएकोले कम खर्च र सहज रूपमा उच्च शिक्षा लिन भारत नै राम्रो लाग्यो ।’ भर्खरै कक्षा १२ को परीक्षा दिएर क्याम्ब्रिजमा परामर्श लिन आएकी जोरपाटीकी मन्जु आचार्यले भनिन् ।
भारतको बेङ्लोर, शिमला, कर्नाटकका केही विश्वविद्यालयहरु नेपाली विद्यार्थीका लागि पहिलो रोजाई बनेका छन् । खासगरी प्राविधिक विषय अध्ययन गर्नका लागि यी क्षेत्रका कलेजहरु उपर्युक्त हुन्छन् । क्याम्ब्रिजले भारतका तीस बढी कलेजका लागि परामर्श गर्दै आएको छ ।
नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति
एपी गोयल शिमला युनिभर्सिटीले नेपाली विद्यार्थीका लागि ५० प्रतिशत छुट दिने भएको छ । अस्ट्रेलियाको होटेल मेनेजमेण्ट कलेज (आइसिएचएम) बाट मान्यता प्राप्त यस कलेजले चार वर्षे ब्याचलर कार्यक्रम तर्फ नेपाली विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने भएको हो ।

क्याम्ब्रिज अफ इन्ष्टिच्युट टेक्नोलोजीका संस्थापक निर्देशक सिंखडाले नेपाली विद्यार्थीका लागि सर्वसुलभ रूपमा उच्च शिक्षा हासिल गर्ने अवसर दिनका लागि कलेजले ब्याचलर तहमा ५० प्रतिशत छात्रवृत्ति घोषणा गरेको बताए । ‘यस वर्षका लागि कलेजले नेपाली विद्यार्थीलाई ब्याचलर तहमा ५० प्रतिशत छात्रवृत्ति दिएको छ ।’ उनले भने ।
कलेजमा अध्यापन हुने ब्याचलर तहको चार वर्षे होटेल मेनेजमेण्ट विषयमा अध्ययन गर्ने विद्यार्थीलाई दुई वर्ष अध्ययन गरेपछि बाँकी दुई वर्षको कोर्षका लागि अस्ट्रेलिया गएर अध्ययन गर्न पाउने सुविधा समेत कलेजले उपलब्ध गराएको छ । यसका लागी कलेजले अस्ट्रेलियाको विश्व प्रसिद्ध कलेज आइसिएचएमसँग सम्झौता नै गरेको छ । एपी गोयलमा होटेल मेनेजमेण्टमा ब्याचलर गर्ने विद्यार्थीले दुई वर्ष पछि अस्ट्रेलियाको आइसिएचइममा गएर अध्ययन गर्न पाउने सुविधा छ । यसले विद्यार्थीको करियर निर्माणमा ठुलो टेवा पुग्दछ ।’ क्याम्ब्रिज संस्थापक सिंखडाले बताए । आइसिएचएम कलेज विश्वविख्यात चाल्र्स डार्विन विश्वविद्यालय एडलिड एसएसँग सम्बन्धन रहेको विश्वविद्यालय हो । एपी गोयलमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकहरूले आइसिएचएमका विद्यार्थी, शिक्षकसँग विभिन्न अनुसन्धान, रिसर्च तथा सोधपत्रहरु आदान प्रदान समेत गर्न सक्नेछन् ।
एपी गोयल कलेजमा विटेक सिएइ कार्यक्रममा कलेजले आइभिएम कम्पनीसँग सहकार्य गरेर आइभिएमका आधिकारिक विज्ञहरुबाट कोर्ष अध्यापन गराउने गरेको छ । भने, कलेजले विभिन्न समयमा रोजगार मेला गराएर राम्रा कम्पनीहरुमा रोजगारीका लागि पहल गर्ने गरेको छ । कलेजमा बहुराष्ट्रिय कम्पनीहरू गुगल, याहुु, डेल, विरला, टोयटा, टाटा जस्ताले विद्यार्थी छनौट गरेर रोजगारीका लागि लाने गरेका छन् । ‘एपी गोयलमा अध्ययन गर्ने विद्याथीलाई रोजगारीका प्रशस्त अवसर हुन्छ ।’ एपी गोयलका प्रतिनिधि सिंखडाले बताए ।
एपी गोयलमा विश्वका २२ ओटा देशहरुबाट विद्यार्थीहरू अध्ययन गर्न आउने गरेका छन् भने, नेपालबाट हरेक वर्ष दर्जनौ विद्यार्थी जाने गरेका छन् । विशेष गरी नेपालका विद्यार्थीहरुका लागि भारतका शिमला सांस्कृतिक, सामाजिक, आर्थिक र वातावरणीय हिसाबले पनि उत्तम रहेको छ । शिमलाको हावापानी र जिवनशैली नेपाली जीवनशैलीसँग मिल्दो जुल्दो भएकोले उच्च शिक्षा हासिल गर्न भारत जाने विद्यार्थीलाई शिमला अत्यन्त राम्रो ठाउँ रहेको सिंखडाको दाबी छ । एपी गोयल कलेजमा म्यानेजमेण्ट, होटेल मेनेजमेण्ट, एग्रिकल्चर, ल, इन्जिनियरिङ जस्ता विषयहरू अध्यापन हुने गरेको छ ।








