निर्वाचनमा धाँधली भएको नभएको पत्ता लगाउन छानविन समिति गठन

मकालु खबर, जेठ–१४
वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गर्नका लागि व्यवस्थापिका संसदले पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ ।
शनिवार बसेको व्यवस्थापिका संसद्को दोस्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरेको हो । समितिले तीन महिना भित्र स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानविन गरी सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन पेस गर्नुपर्ने छ ।
संसदीय छानविन विशेष समितिमा नेपाली काँग्रेसबाट सांसद अर्जुनप्रसाद जोशी, नेकपा एमालेबाट राजेन्द्रप्रसाद पाण्डे, नेकपा माओवादी केन्द्रबाट रामनारायण विडारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भाष्कर भद्रा र नेपाल लोकतान्त्रिक पार्टीबाट डा. सुवोध कुमार पोखरेल सदस्य रहेका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले पेस गरेको स्थानीय तह निर्वाचन सम्बन्धी संसदीय छानविन विशेष समिति गठन गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले पारित भएको थियो । व्यवस्थापिका संसद् नियमावलि २०७३ को नियम १ सय ८३ अनुसार संसदीय छानविन विशेष समिति गठन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =