सूर्य र नमस्कार चिन्हमा भोट हाल्न विराटनगरबासीलाई आग्रह

असार ११, विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले नमस्कार चुनाव चिन्हमा भोट हाल्न विराटनगरबासीलाई आग्रह गरेका छन् । बुधहाटमा शनिबार साँझ भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले मेयर पदमा सूर्य र उपमेयर पदमा फोरम लोकतान्त्रिकलाई भोट हाल्न अनुरोध गरेका हुन् । केन्द्रीय सदस्य लालबाबु पण्डित सहितको चुनावी अभियानमा ओलीले देशभर एमालेको विजय देखेर विपक्षी आत्तिएको बताउनु भयो । उनले विराटनगरमा एमाले र फोरम लोकतान्त्रिकको गठबन्धनले अरुदल आत्तिकएको बताएका हुन् ।

उनले फोरम लोकतान्त्रिकसँग गरिएको गठबन्धन मधेससँग एमाले जोडिएको प्रमाण भएको बताउनु भएको हो । उनले लोकतान्त्रिकसँगको गठबन्धनले एमाले थप सशक्त भएको जिकिर गर्नुभयो । सोही कार्यक्रममा बोल्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले एमालेसँगको गठबन्धनबाट विराटनगरको मेयर पद र उपमेयर पदमा जित सुनिश्चित रहेको बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =