मध्यरातबाट सुरु हुने मौन अवधिले उम्मेदवारहरु व्यस्त

असार ११, काठमाडौं । स्थानीय चुनावको प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु आज अन्तिम दिनको प्रचारप्रसारमा व्यस्त रहेका छन् । आइतबार मध्यरातबाट मौन अवधि सुरु हुने भएपछि उम्मेदवारहरूलार्इ भ्याइनभ्यार्इ रहेको छ । मतदान नसकिएसम्म लागु हुने मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र प्रचारका कुनै पनि काम गर्न रोक लगाइएको छ ।निर्वाचन आचारसंहिता अनुसार आइतबार मध्यरातबाट उम्मेदवारले प्रचारप्रसार गर्न नपाउने भएकाले दलहरु अन्तिम दिनको चुनाव प्रचारमा खटिएका छन् । प्रमुख दलका शीर्ष नेतासहित उम्मेदवारहरु चुनावी सभा, र्याली र मतदातासँगको भेटघाटमा व्यस्त छन् ।

मौन अवधि सन्चार माध्यमहरुलाई पनि लागु हुन्छ । यस अवधिमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई भोट माग्दै विज्ञापन वा सन्देश प्रकाषण एवम् प्रसारण गर्न रोक लगाइएको छ । त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचारप्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा ‘एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचनको प्रचारप्रसार गर्नु नहुने,’ उल्लेख छ । निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + nine =