“ धरानलाई फूलको शहर बनाऔ ”

‘धरानलाई फूलको सहर बनाऔँ’ भन्ने नाराका साथ ४ वर्ष अघिदेखि थालिएको अभियानले बल्ल गति लिन थालेको छ । बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूल द्धारमा रहेको खाली स्थानमा धरान उपमहानगर पालिकाका मेयर तारा सुब्बा र बीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राज कुमार रौनियारले फक्रिएको फुलको बोटलाई माटोमा गाडेर शुभारम्भ गरे ।
त्यसै पनि धरानका प्राय सबै घर आँगनमा फूलवारी बनाई फूल रोप्ने चलन छ । अव यसलाई अझ बढी कलात्मक बनाउन उपमहानगर पालिकाले नीति नियम नै बनाएर अभियान चलाउने हो भने धरानले अपेक्षा गरेको शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनलाई ठुलो टेवा पुग्ने विश्वास लिन सकिन्छ । यो पंतिकार सम्बद्ध सामाजिक संस्था वातावरण तथा पर्यटन विकास केन्द्र(सेड) नेपालले आज भन्दा ४ वर्ष अगाडि देखि नै धरानलाई फुलको सहरमा परिणत गर्ने योजना बनाएर काम गर्न थालेको थियो । तर पानीको चरम अभाव भोगिरहेको धरानमा तत्काल सो योजनाले मुर्तरुप लिन सम्भव थिएन । तर अव चाडै नै धरानमा पानीको समस्या समाधान हुनै लागेकोले यसै वर्ष देखि यो अभियानले गति दिन थालिएको छ । फलस्वरुप गत वर्ष देखि धरानमा पुष्प मेला लगाउने कार्यको पनि सुरुआत भएको छ । जुन मेलामा धराने जनताको उत्साहजनक उपस्थिति र चासो लिएको देखियो ।
धरान फूलको सहर बन्ने सम्भावना ?
भौगोलिकरुपमा हेर्दा तराई र पहाडको बिचमा अवस्थित धरान चुरे क्षेत्र अर्थात् जैविक विविधता भएको ठाउँ पनि हो । यहाँ तराईमा पाइने वोटविरुवा देखि भेडेटार जस्तो लेकमा पाइने वनस्पति पनि पाइन्छ । यहाँ लेकमा पाइने वुकि फूल मरुभूमीमा फुल्ने क्याकटस पनि सप्रिने हावापानी पाइन्छ । त्यसैले पनि धरानका घरहरूमा फूलका शौखिनहरुले पहाडमा फूल्ने लाहुरे फूल देखि सिक्किम दार्जिलिडवाट ल्याएका सुनाखरीहरु रोपेर घर सजाएको देखिन्छ । समशितोष्ण हावापानी र वलौटे खकुलो माटोका कारण धरानमा विविध किसिमका फूलहरु रोप्न सकिने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।
सेड नेपालले २०७० सालमा धरानलाइृ फूलको सहर वनाऔ भन्ने अभियानको सुरु गर्दा धरानका ७ वटा वडाका १ हजार घरधुरी र कार्यालयमा पुगेर सर्भेक्षण गरेको थियो । सो सर्भेले धरानको ९० प्रतिशत घरमा कुनै न कुनै प्रकारले फुल रोपेको पाइयो । सबैले पूुल रोप्न मनपराउने बताए पनि बिउ विजन र प्रशिक्षणको आवश्यकता रहेको औँल्याएका थिए । मौसमी भन्दा स्थानिरुपमा फूल्ने फूल रोप्न मनपराउने धरानेले व्यापारिक प्रयोजनको लागी भन्दा पनि आफू फुलको शौकिन भएको बताएका थिए । सो सर्भेले धरानका सरकारी कार्यालयहरू मध्ये आन्तरिक राजस्व कार्यालय धरान १६, धरान नगर पालिकाको कार्यालयले वगैचाको राम्रो व्यवस्था गराको पाइएको थियो भने विधालयहरुमा भान स्मृति मावि ,पुर्वान्चल ज्ञान चक्षु र शारदा वालिका उच्च माविको फुलवारी राम्रो रहेको देखाएको थियो ।
धरानलाई फूलको सहर बनाउने तयारी
दक्षिणमा चारकोशे जङ्गलको पानी पियादेखि धरानको साँध सिमान सुरु हुन्छ । कल्पना गरौँ सो जङ्गलको दुवै किनारमा सिरीस वगनवेली,पाउलिया, चमेली जस्ता फूल र सुगन्ध दिने रुखहरू लगाइने छ । धरान भित्र प्रवेश गर्दा तीनकुनेमा एउटा वगनवेली जस्ता फुलले धपक्कै ढाकेकोे दोधार हुने छ । त्यस भन्दा अलिमाथिका सडकका दुवै खाली स्थानमा विविध प्रकारका वाह्रमासे फुलहरू लहरै हुनेछन् । हरेक घरको आँगन बार्दलीमा फुलले धपक्केै श्रृगारीएको हुने छ । धरानका सबै पेट्रोल पम्प अगाडि फूलहरुको वगैचा देखिने छ । (सरकारको नियम अनुसार सबै पेटोल पम्पहरूले पम्प अगाडि अनिवार्यरुपमा फूलवारी बनाउनु पर्छ ।) अनि तीनकुने देखि नै सबै वार्डको सडकमा सोलार वतीको ल्याम्प पोस्टमा दुई वटा गमला झुण्याएर लहरे फुल राखिने छ जसले नगरको सडक दिन रात शोभायमान देखिने छ । भानुचोक देखि छाता चोक सम्मको स्टिलको रयालिङ्गकमा फूलको गमला सजाइने छ । जसरी सिक्किम हडकड सिगापुरको चोक बजारमा राखिएको छ । धरानका हरेक पसल अगाडि अनिवार्यरुपमा मौसमी फूलका १० गमला राखिएको हुने छ ।
हरेक कार्यालय, विद्यालयहरू र सार्वजनिक स्थलमा फूलका वगैचाले सजिएको हुने छ । अनि विशेष गरेर विजयपुर क्षेत्रमा पाइलै पिछे फुलको बोट देखिन सक्ने वनाईने छ । हरेक चोकमा आईल्याण्ड वनाईने छ । यति भए के धरान फुलको सहर नवन्ला त ? यहाँ आउने पाहुनाहरूको मन नहर्ला त ?
के यो काम असम्भव छ ?
यसै विषयमा चिन्ता र चासो राखेर सेड नेपालले चार वर्ष अधि देखि यो अभियान सुरु गरेको थियो । तर जनप्रतिनिधि नभएको अवस्थामा यो सम्भव थिएन । तर अहिले धरान सँग धन, मन, जन सबै कुरा जुटेको छ । त्यसैले धरानका मेयर ले पर्यटन विकास समिति बनाएर “धरानलाई फूलको सहर वनाऔ” भन्ने हामीले सुझाएकोे नारालाई साकार रूप दिन लागि परेका छन् । अव यो अभियानलाई सफल तुल्याउन सबै वार्डका जनप्रतिनिधीहरुले सकृयरुपमा लागि पर्नु पर्छ । जसरी एउटा फूलको माला बन्न फूलमात्र भएर हुँदैन माला भित्रको डोरी, धागोको महत्त्वपूर्ण भूमिका हुन्छ । त्यस्तै फूलरुपी सबै जनतालाई समेटेर उन्ने काम जनप्रतिनिधीहरुको हो । अहिले नगर श्रृगार्ने अवसर र चुनौती दुवै आएको छ । यसलाई सदुपयोग गर्नु आवश्यक छ । जसको लागी वातावरण तथा पर्यटन क्षेत्रमा लामो समय देखि काम गर्दै आएका सामाजिक सङ्घ सस्थाहरुलाई समेट्न अनिवार्य छ । तर हाल नगरपालिकाले गठन गरेको पर्यटन विकाश समितिमा त्यस्ता संस्था र व्यतिmहरुको सहभागिता प्राय शून्य देखिनुु चिन्ताको विषय हो ।
फूलको सहर बनाउन पैसा हैन जनसहभागिताको आवश्यकता
हरेक विकास निर्माणमा धराने जनताको जनसहभागिता अधिराज्यमै नमुनाको रूपमा लिन सकिन्छ । जसलाई यहाँ निर्माण भएका सडकहरूले प्रस्ट पार्छ । त्यस्तै अव धरानलाई फुलको सहर बनाउन पनि ठुलो बजेट चाहिन्दैन ।बरु स्थानीय जनसहभागिता र नगरपालिकाले अख्तियार गर्ने नीति नियमको भूमि महत्त्वपूर्ण रहने छ । सेड नेपालले धरानलाई फुलको सहर बनाउन सकिने अवधारणा सहितको कार्ययोजनाको खाका २०७० सालमा तत्कालीन धरान नगर पालिकाका कार्यकारी सचिवलाई बुझाएका थियो । तर कर्मचारीहरूले मात्र चलाएको तत्कालीन नगर पालिकाले सोे योजनालाई नजरअन्दाज मात्र गरेनन् सम्भवत सो अवधारणा पत्र मुसाले काटी सकेको हुनु पर्छ । सो अवाधारणा पत्रमा स्पष्ट उल्लेख गरिएको थियो कि पहिलो चरणमा नगर पालिकाले एक घर १० गमला १ टोल १०० गमलाको नीति बनाएर लागु गर्दा पनि धरानको सोैन्दर्यता बढाउन ८० प्रतिशत मदत पुग्ने छ । यसो गर्दा नगर पालिकालाई कुनै आर्थिक भार पनि पर्दैन ।
जनताले सहर्ष सहयोग पनि गर्न तत्पर रहने कुरा सेड नेपालले गरेको सर्भेमा नगरवासीले बताएका थिए । यसै गरी नगरको सार्वजनिक स्थलमा फुलका ठुला ठुला गमला राख्न, चोक चोकमा आईल्याण्ड बनाउन धरान भित्र बाहिर रहेका व्यापारिक तथा वितिय सोध संस्थालाई गुहार्न सकिन्छ । प्राइभेट पार्टनरसिपको अवधारणाले पनि काम गर्न सक्छ । जसले आईल्याण्ड वनाउछ सोही संस्थाले सो स्थानमा विज्ञापन राख्न पाउने नियम वनाउदा नगरपालिकाको पाँच पैसा खर्च हुने छैन बरु आम्दानीनै बढ्ने छ । सडकमा सिसी क्यामेरा सहितको सौर्य बत्ती राख्ने हो भने सो बत्तीको पोलमा दुइटा गमला पनि रहने छ साथै सोही पोलमा राखिने सानो आकारको साइन बोर्डले विज्ञापन गर्न पनि सक्नेछ । जथाभाबी विज्ञानपनका साइन बोर्ड झुण्डयाउने परिपाटीले कुरुप बन्दै गएको सहरमा यो नयाँ योजनाले सहरको मुहार नै सफा देखिने निश्चित छ ।
धरानको चार कुनामा फुलको प्रवेशद्धार
कुनै पनि सहर भित्र प्रवेश गर्दा कलात्मक दोधार वनाईने परिपाटी छ । तर धरानको तीनकुनेमा राणाकालमा बनाइएको मूल दोधार २०४५ सालको भूकम्पले भत्काईए पछि त्यहाँ नगर पालिकाले दोधार बनाउन सकेको छैन । दोधार वनाउदा ठुलो रकमले कंक्रिटको बनाउनु पर्छ भन्ने मान्यताका कारण त्यस स्थानमा दोधार बन्न नसकेको हो । तर धरान प्रवेश गर्ने चारै कुनामा फलामको सामान्य ट्रष्ट बनाएर त्यस माथि विविध जातको लहर फुलको रोपी कलात्मक दोधार पनि बनाउन सकिन्छ । जुन दोधार आर्थिकरुपमा सस्तो कलात्मक र वातावरण मैत्री पनि बन्न जान्छ । त्यस्ता दोधार बनाउन उधोग वाणिज्य सोध जस्ता व्यापारिक सस्थाहरुलाई जिम्मेवारी दिन सकिन्छ यस बारेमा पनि उपमहानगर पालिकाले ध्यान दिनु वान्छनिय छ ।
फूलको सहर बन्दा फाइदै फाइदा
आकर्षक घर ,सफा सुगर सडक गल्लीले धरानलाई राम्रो सहरको रूपमा परिचित गराएको छ । कुनै ठुलो बजेट विना सबैको सानो प्रयासले धरानलाई फूलैफूलले सिंगार्न सकियो भने यहाँ पर्यटकको सख्या हवात्तै बढाउन सकिन्छ । किन भने फूल मन नपराउने यो दुनियाँमा को होला र ? हिजोआज मानिसको जीवन तनावपुर्ण बन्दै गएको छ । फुलको सोैन्दर्यताले नगरवासीको स्वास्थ्य र मन मस्तिष्कमा मानसिक शान्ति पैदा गर्छ । धार्मिक अध्यायत्मिक जागरण बढ्न थाल्छ । जहाँ स्वास्थ्य र शान्त जनता त्यहाँ विकाश र वैभवको दोधार खुल्ने छ । फूल प्रेम र कोमलताको प्रतीक पनि हो । जहाँ फुलको रक्षा हुन्छ त्यहाँ हिंसाले प्रश्रय पाउँदैन । यो फुलको मनोवैज्ञानिक प्रभाव हो । धरान फिल्म सुटिडको स्थल बन्न सक्छ ।
विशेष गरी धार्मिक तथा अध्यात्मिक पर्यटकहरूको लागी धरान पहिलो रुचिको गन्तव्य बन्ने छ । सेड नेपालले धरानको जलाधार क्षेत्रको संरक्षण गर्दै खानेपानीको दिर्धकालिन समस्या समाधान गर्न २०६० साल देखि प्रयासरत छ । यता पर्यटन विकाशको लागी, धरानलाई फुलको सहर बनाउने, विजयपुर लाई विजयपुर विकाश कोषको स्थापना गरी दिगो विकाश गर्ने अनि धरान वार्ड न २० र १३ को बिचमा अवस्थित सर्दु जलाधार क्षेत्रको खाली जग्गामा जैविक विविधता पार्कको निर्माण गर्ने अवधारणालाई अधि सारेको छ । यसले सारेको सबै अवधारणामा नगरपालिकाको भने ठुलो भूमिका रहने गरेको छ । यसैले धरानलाई फुलको सहर बनाउन धरान उपमहानगर पालिकाले छिटै्र नेै नयाँ नीति र बजेट विनियोजन गर्न सुझाव दिँदै आएको छ । यो नाराले ३ वर्ष भित्र नै सफलता पाउने कुरामा हामी सबै आशावादी बन्न सक्छौ । र धरानलाई नमुना मान्दै सिंगो प्रदेश न. १ लाई फूलै फूलको राज्य बनाउन प्रेरणा मिल्ने छ ।








