अबको पाँच बर्षमा सल्यानको मुहार फेरिने, मतदातालाई धन्यवाद ज्ञापन : शाह

मङ्सिर २९, सल्यान । सल्यान क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक गुलावजंग शाहले आफ्ना शुभचिन्तक,पार्टी कार्यकर्ता तथा मतदातालाई धन्यवाद ज्ञापन गर्दैे अबको पाँच वर्षमा सल्यानको मुहार फेरिने गरी काम गर्ने बताएका छन् । निर्वाचनमा मतदान गरेर विजयी बनाउने मतदाता, वाम गठबन्धनका नेता कार्यकर्ता लगायत शुभचिन्तक सबैलाई शाहले धन्यवाद दिएका हुन् ।

मध्यपहाड अनलाईन संग कुरा गर्दै निर्वाचनका क्रममा जनतामाझ व्यक्त गरिएका सबै प्रतिवद्धता कार्यान्वयन गर्न आफु पूर्ण रुपले प्रतिबद्ध रहेको समेत जनाएका हुन ।

उनले भनेका छन् भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सल्यान जिल्लामा म लगायत वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी बनाउनु हुने सम्पूर्ण मतदाताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । निर्वाचनको क्रममा निरन्तर क्रियाशिल रहनु हुने गठबन्धनका नेताहरु, जनसंगठनहरु, युवा, विद्यार्थी, महिला, किसान, मजदुर, बुद्धिजीवि एवं सम्पूर्णमा आभार व्यक्त गर्दछु । निर्वाचनको क्रममा आमजनसमुदायलाई सुसूचित गर्न सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दछु ।

हामी लामो राजनीतिक अधिकारका लडाई पुरा गरी विकास र आर्थिक समृद्धिको यात्रामा अघि बढेका छौं । भौगोलिक रुपमा ठूलो भएपनि गरिबी, अभाव र असमानता रहेको प्रदेश नम्बर ६ को विकास र समृद्धि नै अबको हाम्रो मुख्य कार्यभार र मुल एजेण्डा रहेको छ ।
देश र जनताको पक्षमा केही गरेर देखाउने समय आएको भन्दै उनले भने, ‘अब हामीले केहि गरेनौं भने फेरि जनताहरुसँग आउने कुनै बाटो हुँदैन ।’ त्यसैले यो जीतले हामीलाई ठूलो भन्दापनि थप जिम्मेवादीपनको बोध गराएको ब्ुझेको छु ।

यस क्रममा हामीले निर्वाचनका बेला सार्वजनिक गरेको प्रतिबद्धता–पत्र, मौखिक तथा लिखित प्रतिबद्धताहरुका साथै जनस्तरबाट प्राप्त सल्लाह, सुझावहरु नै आगामी दिनमा हाम्रा लागि कार्यादेश हुनेछ । ती सबै कार्यादेश पूरा गर्न सम्बद्ध सबै पक्षबाट निरन्तर सहयोगको अपेक्षा गरेको छु ।’

शाहले निर्वाचन सम्पन्न गर्न सफल भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीलगायत सम्बद्ध सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।

निर्वाचन लोकतन्त्रलाई सुदृढ गर्ने र नागरिकको सार्वभौम अधिकारलाई प्रयोग गर्ने एउटा महत्वपूर्ण प्रक्रिया हो । यो प्रक्रियामा सहभागी सल्यान सहित ६ नं. प्रदेशमा क्रियाशिल राजनीतिक दलहरुबाट भएको राजनीतिक संस्कारका लागि हार्दिक धन्यवाद दिदैँ प्रदेशको विकास र समृद्धिमा सँगसँगै मिलेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्न गरेका छन् ।

अबको पाचँ बर्षसम्म जिल्लाका नागरिकलाई खुसी बनाउँदै समृद्ध सल्यान निर्माण गर्ने अभियानमा लाग्ने आफ्नो योजना रहेको शाहले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =