श्रीलङ्कामा शक्तिशाली आँधीबाट तीनको मृत्यु, दर्जन भन्दा बढी घाइते,
२०७४ जेठ १५ गते

मङ्सिर १४ ,कोलोम्बो,। श्रीलङ्कामा आएको शक्तिशाली आँधीमा परी तीन जनाको मृत्यु भएको समाचार छ ।यस आँधीको कारण एक दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् भने अरू केही हराइरहेका छन् ।
आँधीले सडक छेउका सयौँ रुख ढालेको छ भने घरहरू पनि पूर्णरुपमा क्षति पुगेको बताइएको छ । आँधी र भारी वर्षाका कारण बिहीबार दक्षिणी र मध्यप्रान्तका सकै विद्यालय बन्द गरिएको छ ।
बुधवार राति रुख ढलेर ती व्यक्तिको मृत्यु भएको थियो । सडक, रेल मार्गसमेत बन्द भएको प्रकोप व्यवस्थापन केन्द्रका प्रवक्ता प्रदिप कोदिसिलीले बताउनुभएको छ ।

कोलोम्बो नेसनल अस्पतालमा यस आँधीको कारण घाइते भएका कम्तीमा १५ व्यक्ति उपचारार्थ भर्ना भएका ती प्रवक्ताले जानकारी दिएका छन् ।
त्यसै गरी दक्षिणी तटीय क्षेत्रमा माछामार्ने डुङगा पल्टिदा अन्य दुई व्यक्ति बेपत्ता भएका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








