मलेसियामा नेपाली चढेको बस दुर्घटना, ८ जनाको मृत्यु
२०७४ जेठ १५ गते

कात्तिक ७, काठमाडौँ । मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटनामा परेको छ । पेनाङ सहरमा दुर्घटना भएको समाचारमा बताइएको छ । नेपाली बोकेको बस अर्को बससँग ठोक्किदा ८ जनाको मृत्यु भएको खबर छ । ४३ जना घाइते भएका छन् ।

घाइतेमध्ये २३ जना गम्भीर रहेको मलेसियन प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आज बिहान ६: ४५ बजेतिर बस दुर्घटनामा परेको हो । तर, मृत्यु भएकाहरु कुन देशका नागरिक हुन् भन्ने अहिलेसम्म खुलाइएको छैन । दुर्घटनामा पेक्सस र सोनी फ्याक्ट्रीका कामदार परेको मलेसियन सञ्चारमाध्यमहरुले जनाएका छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








