दलित अधिकारकर्मी द्वय सम्मानित

जेठ १८, धरान । लामो समयदेखि दलित आन्दोलनमा सक्रिय धरानका लिला शङ्कर र धनबहादुर हमाल सम्मानित भएका छन् ।
उनीहरूलाई धरान उप–महानगरपालिकाको लक्षित वर्ग दलित विकास कार्यक्रम अन्तर्गत सम्मान गरिएको हो । दलित उत्थान समन्वय समिति धरानको आयोजनामा दलित अधिकारकर्मीद्वय शङ्कर र हमाललाई नगद पाँच हजार सहित दोसल्ला र सम्मान पत्रद्धारा सम्मानित गरिएको हो ।
सम्मानित शङ्कर वि.सं. २०४६ सालको जनआन्दोलनबाट उत्प्रेरित भई दलित मुक्ति आन्दोलनमा लागेका हुन् । भने, अर्को सम्मानित व्यक्तित्व हमाल २०४८ सालमा धरानमा भएको अन्तर्राष्ट्रिय दलित सम्मेलनदेखि दलित अधिकारका लागि सङ्गठित रूपमा लागेका व्यक्ति हुन् ।
सम्मानित शङ्करले आफूले पाएको सम्मान स्वरूप नगद रु पाँच हजार विश्वकर्मा कल्याण सेवा समिति धरानको विश्वकर्मा छात्रवृत्ति अक्षयकोषमा हस्तान्तरण गरेका थिए भने, हमालले मिजार सेवा समाजलाई हस्तान्तरण गरेका थिए ।
उनीहरूलाई दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदाम, धरान उप–महानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडा, नेपाली काँग्रेस धरानका सचिव युवराज शङ्कर, नेकपा माओवादी केन्द्र धरानका संयोजक फोक्वाहाङ सुब्बा (चोत्लुङ), नेकपा (एमाले) का नरेश इंवारम लगायतले शुभकामना दिएका थिए ।
दलित उत्थान समन्वय समितिले विगत ४ वर्षदेखि दलित आन्दोलनमा महत्त्वपूर्ण योगदान दिनेहरुलाई सम्मान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =