न्याय सम्पादनमा इमान्दार प्रयास गरेकै कारण महाअभियोग लगाइयो: कार्की

काठमाडौं, भदौ १३ । पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीले न्याय सम्पादनमा इमान्दार प्रयास गरेकै कारण आफूमाथि महाअभियोग लगाइएको दावी गर्नु भएको छ ।  पूर्व प्रधानन्यायाधिश कार्कीले सत्ता नजिक रहेकाहरुले इमान्दार न्यायाधिशहरुलाई सेवाबाटै बञ्चित गराउने गरेको अनुभूति पनि सुनाउनु भयो । पत्रकार हरिबहादुर थापाद्धारा लिखित ‘रजगज’ नामक पुस्तकको मंगलबार काठमाडौंमा विमोचन गर्दै उहाँले महाअभियोगको सामना गर्नु परेपनि आफूलाई दुःख भने नलागेको पनि स्पष्ट पार्नु भयो ।

पूर्व प्रधानन्यायाधिश कार्कीले न्याय क्षेत्रमा घुस खान्न भन्नेहरुलाई पाखा लगाउने कोसिस पटक–पटक हुने गरेको पनि उल्लेख गर्नु भयो । पूर्व प्रधानन्यायाधिश कार्कीले निष्ठाका साथ काम गर्ने वातावरण न्यायालयमा नरहेको पनि स्मरण गराउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =