प्रिमियर लिगमा २० गोल, एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडी बने मिन सन
२०७४ जेठ १५ गते

दक्षिण कोरियाली अन्तर्राष्ट्रिय खेलाडी हेउन मिन सन प्रिमियर लिगमा एसियाबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। आइतबार लिगमा क्रिस्टल प्यालेस विरुद्ध टोटनहमका लागि विजयी गोल गरेका सनले प्रिमियर लिगमा गोल संख्या २० पुर्याएका छन्।
उनले दक्षिण कोरियाकै पार्क जि सुङको १९ गोलको कीर्तिमान पछि पारेका हुन्। म्यानचेष्टर युनाइटेडका पूर्व खेलाडी जि सुङले १९ गोल गरेका छन्।
यस्तै १३ गोल गरेका स्वान्सी सिटीबाट खेल्ने लि चुङ योङ प्रिमियर लिगमा एसियाबाट सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा छन्। लेस्टर सिटीबाट खेल्ने जापानका सिन्जी ओकाजाकीले १२ गोल गरेका छन्।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








