नेपालले एएफसी यू-२३ च्याम्पियनसिपको छनोट खेल्दै

काठमाडौँ । नेपालले एएफसी यू-२३ छनोट खेल खेल्दै छ । एएफसी यू-२३ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत नेपाल रहेको समूह ‘डी’ का खेलहरु यहि असार ३१ गतेदेखि संयुक्त अरब इमिरेट्समा (युएई) हुँदैछ ।

नेपालसँगै समूहमा आयोजक युएई, लेबनान र उज्बेकिस्तान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल असर ३१ गतेका दिन आयोजक युएईसँग खेल्नेछ भने श्रावण २ गते हुने दोश्रो खेलमा उज्बेकिस्तानको सामना गर्नेछ । समूहको अन्तिम खेल श्रावण ४ गते लेबनान विरुद्ध हुनेछ।

नेपालको पहिलो २ खेल नेपाली समयानुसार रातको ८:१० बजे हुनेछ भने अन्तिम खेल रातको ११ बजे हुनेछ । छनोट चरणका सम्पूर्ण खेलहरु अल आइन सहरको ताह्नोन बिन मोहम्मद रंगशालामा खेलिनेछ ।

नेपाली टोलीले उक्त छनोट प्रतियोगिताको लागि भोलिबाट प्रशिक्षण सुरु गर्ने एन्फा सीइओ इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

प्रतियोगिताको अन्तिम चरण चीनमा सन् २०१८ को जनवरीमा आयोजना हुनेछ । समूहको शीर्षस्थानमा रहने टोली स्वत: छनोट हुनेछ भने दोश्रो स्थानमा रहने शीर्ष ५ टोलीले प्रतियोगितामा सहभागिता जनाउनेछन् । यदि चीन पनि प्रतियोगितामा स्वत:  छनोट भएमा दोश्रो स्थानमा रहेको छैटौं टोलीले मौका पाउनेछ । छनोटमा १० समूहमा ४० टोलीलाई बाँडिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =