नेमरको गोलमा बार्सिलोना विजयी ( भिडीयो सहित)

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमारले २ गोल गरेपछि प्रि सिजनको मैत्रीपुर्ण खेलमा बार्सिलोनाले युभेन्टसलाई २-१ गोलले पराजित गरेको छ । अमेरिकामा भएको खेलमा युभेन्टसका लागि एक मात्र गोल जिओर्जियो किएलिनिले गरेका थिए । खेलको १५ औं मिनेटमा बार्सिलोनाका नेयमारले टोलीलाई अग्रता दिलाएका थिए । उनले पाको अल्कासेरसँग बक्स बाहिरबाट उत्कृष्ट वन-टु पास खेल्दै सिक्स यार्ड बक्स अगाडीबाट गोल गरेका थिए । २६औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै नेयमारले टोलीलाई २-० को अग्रता दिलाए । लियोनेल मेस्सीको पास पाएपछि नेयमारले बक्स भित्र रहेका ४ जना डिफेन्डरलाई छक्याउँदै दर्शनीय गोल गरेका थिए ।

https://www.youtube.com/watch?v=GcSnGOdxLYY

युभेन्टसले खेलको ६६ औं मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो । युभेन्टसका लागि किएलिनीले कर्नरमा हेडरमार्फत गोल गरेका थिए । तर, थप गोल हुन नसकेपछि खेलमा बार्सिलोना विजयी रह्यो ।

पिएसजीले नेयमारलाई भित्र्याउन विश्व कीर्तिमानी रकम तयार पारिरहेको अवस्थामा यस प्रदर्शनले उनको महत्त्व थप बढी भएको छ । नेयमारले दुवै गोल उत्कृष्ट ढंगले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =