फिफा कन्फेडेरेसन कप : सेमिफाइनल समीकरण पुरा

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भएका छन् । यससँगै दुवै समूहबाट समूहको विजेता र उपविजेताको पनि छिनोफानो भइसकेको छ ।

समूह ‘ए’ बाट पोर्चुगल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको उपविजेताको रुपमा अर्को चरण पुगेको छ । आयोजक रसिया र न्युजिल्याण्ड भने पहिलो चरणबाटै बाहिरिएका छन् । अर्को समूहबाट विश्वकप विजेता जर्मनी शीर्षस्थानमा रहन सफल भयो भने चिलीले दोश्रो स्थान कब्जा गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस समूहबाट क्यामरुन र अष्ट्रेलिया पहिलो चरणबाटै घर फर्केका छन् ।

सेमिफाइनलका खेल अन्तर्गत बुधबार हुने पहिलो सेमीफाइनल खेलमा पोर्चुगलले चिलीको सामना गर्नेछ भने त्यसको भोलिपल्ट बिहिबार मेक्सिकोले जर्मनीसँग खेल्नेछ । सेमिफाइनलमा पराजित हुने टोलीहरुले आइतबार हुने पहिलो खेलमा तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् भने विजयी टोलीहरुले त्यसै दिनको दोश्रो खेलमा उपाधिको लागि भिड्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =