क्याम्ब्रिज र आइटी विच सहकार्य: उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीलाई सहज

मकालु खबर, काठमाडौं

क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले भारतको प्रतिष्ठित शैक्षिक संस्था इन्ष्टिच्युट अफ इन्जिनियरिङ भादल टेक्निकल क्याम्पस पन्जाबका लागि काम गर्ने भएको छ ।
भारत गएर प्राविधिक विषयसँगै उच्चस्तरीय शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि नेपालबाटै सहज ढंगले सेवा दिन आइटी भादल कलेजसँग सम्झौता गरेको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले बताएको छ । गत महिना आइटी भादल कलेजका अध्यक्ष श्रीमति कूलमिन्दर गुरुचरण सिंह र क्याम्ब्रिज इन्ष्टिच्युटका पूर्वाञ्चल प्रमुख निश्चल सिंखडा, निशान सिंखडा बिच कार्यगत सम्झौता भएको थियो ।
प्राविधिक विषय अध्ययन गर्नका लागि भारतकै उत्कृष्ट कलेज बन्न सफल यस कलेजमा ब्याचलर र माष्टर्स तहका प्राविधिकहरु अध्ययन गर्न सकिने छ । कलेजमा इन्जिनियरिङ, म्यानेजमेण्ट, होटल मेनेजेमेण्ट, कम्प्युटर एप्लिकेशन, एग्रिकल्चर, आर्किटेक्चर जस्ता प्राविधिक विषयमा अध्यापन हुने क्याम्ब्रिज इन्ष्टिच्युटका संस्थापक डाइरेक्टर शिशिर सिंखडाले बताए । सिंखडाका अनुसार आइटी भादल कलेज प्राविधिक विषयमा भारतकै उत्कृष्ठ कलेज हो । ‘प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई पछिल्लो समय भारत उत्कृष्ठ गन्तब्य बनेको छ । यो कलेज भारतकै उच्चस्तरीय प्राविधिक शिक्षण संस्था हो । नेपाली विद्यार्थी जो प्राविधिक शिक्षा हासिल गर्न चाहन्छन् उनीहरुका लागि उपर्युक्त हुने देखेर हामीले सहकार्य गरेका हौं’ उनले भने । उनले विगतमा विद्यार्थीहरु लहलहै र हचुवाको भरमा भारत अध्ययनका लागि जाँदा धेरै समस्या आइपरेकोले नेपालमै भारतका शिक्षण संस्थाका विषयमा जानकारी दिन र राम्रा विश्वविद्यालय र कलेज छनौट गर्न सहयोग गर्न आफुहरु लागि परेको दावि गरे ।
भादल टेक्निकल क्याम्पस आइएसओ मान्यता प्राप्त कलेज हो । यसले क्यानडाको विश्वविद्यालयसँग सहकार्य गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । सन् १९९८ मा स्थापना भएको यो कलेजबाट अहिलेसम्म १५ हजार बढि विद्यार्थी पास आउट भइसकेका छन् । भने, भर्खरै कलेजबाट पास आउट भएका १६ विद्यार्थीले विश्वकै उत्कृष्ट कम्पनी अमाजोन र इनभेष्टर क्लिनिकमा रोजगारी पाउन सफल समेत भएका छन् । यहाँ अध्ययन गर्ने विद्यार्थीलाई विश्वका राम्रा रोजगारदाता कम्पनीहरुले विद्यार्थीको योग्यता हेरेर कलेजसँगको समन्वयमा जव प्लेसमेण्ट गर्ने गरेका छन् । यहाँका फ्याकल्टीहरु सम्बन्धित विषयमा पिएचडी गरेका अनुभवी, विद्यार्थीमैत्री रहेका छन् । ५० विगाहा क्षेत्रफलमा फैलिएको कलेजमा हरियाली वातावरण सँगै, सम्पूर्ण शैक्षिक पूर्वाधार छन् । कलेजले पढाईसँगै अतिरिक्त कृयाकलापमा विशेष जोड दिन्छ । यहाँ खेलकूदका सम्पूर्ण पूर्वाधार र योगा सेन्टर समेत छन् ।
यस पटक आइटी भादल कलेजले सार्क राष्ट्र लगायत विश्वका १५ देशबाट विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । भने, नेपाली विद्यार्थीका लागि ५० प्रतिशत छात्रबृत्तिको ब्यवस्था गरेको क्याम्ब्रिजका संस्थापक सिंखडाले बताए ।
आइटी भादल नेपालको त्रिभुवन विश्वविद्यालय र नेपाल इन्जिनियरिङ काउन्सिलबाट समेत मान्यता प्राप्त भएकोले त्यहाँ उच्च शिक्षा लिएका विद्यार्थीलाई नेपालमा आएर अध्ययन गर्न कुनै समस्या हुँदैन ।
विगत ७ वर्ष देखि बैदेशिक शिक्षाका विषयमा परामर्श दिँदै आएको क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले भारतका शैक्षिक शहरहरु बेङ्लोर, सिमला, चण्डिगढमा रहेका ३० भन्दा बढि गुणस्तरीय कलेज र विश्वविद्यालयका लागि काम गर्दै आईरहेको छ । क्याम्ब्रिजबाट हालसम्म उच्च शिक्षाका लागि भारत जाने विद्यार्थीको संख्या करिब ३५ सय पुगेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 12 =