मोहनविक्रम र विप्लबसँग पार्टी एकताका लागि बैद्यले ‘ठोस पहल’ गर्ने

काठमाडौं, माघ ३ । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्रविक्रम चन्द‘विप्लव’द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि ठोस पहल गर्ने भएको छ ।

पार्टीको माघ २ र ३ मा बसेको स्थायी समितिको बैठकले पार्टी एकताको लागि ठोस आधार तयार पार्न वार्ता टोली बनाउने निर्णय गरेको छ ।

बैठकले लिएका निर्णयहरुका बारेमा पार्टी महासचिव मोहन वैद्य‘किरण’ले बुधबार जारी गरेको वक्तव्यमा भनिएको छ, “पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो ।”

बैठकले उल्लेखित पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय पनि लिएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै प्रशंग उल्लेख गर्दै हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएको घटनाको घोर विरोध एवम् भत्र्सना गरेको छ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =