एन आई सी एशिया गौरादह र तरहरामा पनि
२०७४ जेठ १५ गते

कात्तिक २१, काठमाडौं । एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु, गौरादह नगरपालिका वडा नं. ०३, झापा र ईटहरी उप– महानगरपालिका वडा नं २० तरहरा, सुनसरीमा थपिएका छन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित २ शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमहानुभावहरुमा सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








