एन आई सी एशिया बैंकका एकैसाथ ९ नयाँ शाखा उद्घाटन

वुटबल, माघ २८ । लुम्बिनी अञ्चलमा एन आई सी एशिया बैंकले ९ नयाँ शाखा कार्यालयहरु एकै साथ संञ्चालनमा ल्याएको छ ।

जस अन्र्तगत नवलपरासी जिल्लामा गैंडाकोट अमरापुरी शाखा, गोपीगंज शाखा, दुम्कीबास शाखा र रुणखोला शाखा रहेका छन् । साथै, रुपन्देही जिल्लामा शंकरपुर शाखा, मुर्गिया शाखा र मणिग्राम शाखा रहेका छन् भने कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिमा जितपुर शाखा र बुद्धभुमी नगरपालिकास्थित ईमिलिया शाखा रहेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ९ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 9 =