डी कक र अमलाले बनाए यस्तो कीर्तिमान

एजेन्सी– क्विन्टन डी कक र हासिम अमलाले अविजित शतक बनाउने क्रममा कीर्तिमानी साझेदारी गरेपछि दक्षिण अफ्रिकाले पहिलो एक दिवसिय क्रिकेटमा बङ्गलादेशमाथि १० विकेटको जित हासिल गरेको छ । आइतबार टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ७ विकेटको क्षेतिमा २ सय ७८ रन बनाएको थियो । विना विकेटको क्षेति ४३ बल बाँकी हुँदा २ सय ८२ रन जोडदै दक्षिण अफ्रिकाले जित हासिल गरेको थियो । एक दिवसिय क्रिकेटमा १० विकेटले जित हासिल गरेको दक्षिण अफ्रिकाको यो सातौँ खेल हो भने बंगलादेशविरुद्ध तेस्रो हो ।
यद्दपी, आइतबारको जित भने अहिले सम्मकै सबैभन्दा उच्च रन लक्ष्य पछ्याउँद्रै घरेलु टोली जित हासिल गरेको हो । आक्रामक ब्याटिङ गरेका डी ककले एक दिवसिय क्रिकेटमा १३ शतक पुरा गरे । उनी १ सय ४५ बलमा १ सय ६८ रनमा अविजित रहे । उनले २१ चौका र २ चौका प्रहार गरेका थिए ।
त्यस्तै, अमलाले २६ औँ शतक पुरा गरे । १ सय १२ बल खेल्दै ८ चौका प्रहार गरेका अमलाले १ सय १० रन बनाए । डी कक र अमलाले गरेको २ सय ८२ रनको साझेदारी दक्षिण अफ्रिकाले अहिले सम्म एक दिवसिय क्रिकेटमा कुनै पनि विकेटका लागि गरेको कीर्तिमानी साझेदारी हो । त्यसअघि मुस्फिकर रहिमले शतक पुरा गरेपछि बङ्गलादेशले दक्षिण अफ्रिकाविरुद्ध अहिले सम्मकै उच्च स्कोर बनाएको थियो ।
दक्षिण अफ्रिकाविरुद्ध क्रिकेटको कुनै पनि प्रणालीमा शतक पुरा गर्ने रहिम पहिलो बंगलादेशी खेलाडी बनेका छन् । रहिमले १ सय १६ बलमा १ सय १० रन बनाएका थिए । दक्षिण अफ्रिकाका कागिसो राबाडाले ४ विकेट लिएका थिए । तीन एक दिवसिय श्रृखंलाको दोस्रो खेल बुधवार हुनेछ ।








